कोलकाता, 16 अगस्त (हि.स.)। स्वतन्त्रता दिवसको अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले गए शुक्रवार साँझ राजभवनमा आयोजित पारम्परिक चिया समारोहमा भाग लिइन्। यस समारोहको आतिथ्य राज्यपाल डा. सीवी आनन्द बोसले गरेका थिए। वास्तवमा स्वतन्त्रता दिवसको साँझ राज्यका प्रशासनिक प्रमुख एवं संवैधानिक प्रमुखहरूको औपचारिक भेटघाट हुने परम्परा नै रहिआएको छ।
मुख्यमन्त्री ममता ब्यनर्जी साँझ 5 बजे राजभवनमा पुगिन्। उनीसित विधानसभा अध्यक्ष बिमान ब्यनर्जी, राज्यका मुख्य सचिव मनोज पन्त र गृह सचिव नन्दिनी चक्रवर्ती पनि उपस्थित थिए। यसको तुरून्तपछि वाम मोर्चा अध्यक्ष बिमान बोस र वरिष्ठ कंग्रेस नेता प्रदीप भट्टचार्य पनि राज्यपालको निमन्त्रणमा राजभवन पुगे।
समारोह अवधि विभिन्न दलहरूका नेताहरूले एका-अर्कासित औपचारिक अभिवादन गरे। पछिल्लो वर्ष सरह यस वर्ष पनि राजभवनमा स्वतन्त्रता दिवसको साँझ यो चिया पार्टी आयोजना गरियो। कार्यक्रममा प्रसिद्ध गायिका उषा उत्थुपलाई पनि देखियो। राज्यपाल अनि उनकी धर्मपत्नीले सबै अतिथिहरूलाई स्वागत गरे।
राज्यपाल सीवी आनन्द बोसले आफ्नो सम्बोधनमा स्वतन्त्रता सेनानीहरूको बलिदानलाई स्मरण गर्दै भने, यो दिन उत्सवको लागि मात्र होइन, कर्तव्य निभाउनेको पनि हो। कार्यक्रमपछि मीडियासित बातचित गर्दै मुख्यमन्त्री ब्यनर्जीले भनिन्, स्वतन्त्रता दिवस हामी सबैको हो। आजको दिन राजनीतिक मतभेदहरूलाई कुनै ठाउँ दिनु हुँदैन। यो दिन एकताको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा