सिक्किमका उत्कृष्ट सहकारीहरू मुख्यमन्त्री पुरस्कारद्वारा सम्मानित
सिक्किमका उत्कृष्ट सहकारीहरू मुख्यमन्त्री पुरस्कारद्वारा सम्मानित


गान्तोक, 16 अगस्त (हि.स.)। सहकारिता क्षेत्रको निम्ति यो वर्ष असाधारण रह्यो। संयुक्त राष्ट्रले “सहकारिताद्वारा उत्तम विश्वको निर्माण” ध्येयवाक्यका साथ 2025 लाई “अन्तरराष्ट्रिय सहकारिता वर्ष” घोषित गरेको थियो। यथोचित रूपमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा स्वतन्त्रता दिवसको राज्यस्तरीय कार्यक्रममा श्रेष्ठ प्रदर्शनकारी सहकारीहरूका लागि पुरस्कार घोषित गरियो।

सामाजिक-आर्थिक विकासलाई गति प्रदान गर्नका साथै वित्तीय समावेशनलाई प्रोत्साहन, परिचालन मानक तथा समुदायलाई गुणस्तरीय सेवा प्रदान गरी तृणमूल स्तरमा सशक्तिकरणका साथ राज्यमा अन्य सहकारीका लागि मानक स्थापित गर्दै आर्थिक प्रतिष्ठानका रूपमा सहकारी समितिहरूद्वारा खेलिएको महत्त्वपूर्ण भूमिकाको सम्मानस्वरूप पुरस्कार प्रदान गरिएको हो।

गान्तोकको पाल्जोर स्टेडियममा आयोजित 79औं स्वतन्त्रता दिवस समारोहको अवसरमा मुख्यमन्त्रीद्वारा तीन श्रेष्ठ सहकारी समितिलाई पुरस्कार प्रदान गरियो। विजेताहरू हुन्:

1) लुइङ-परबिङ बहुउद्देश्यीय सहकारी समिति लिमिटेड/ पीएसीएस, गान्तोक जिल्लालाई प्रथम पुरस्कार प्रदान गरियो।

2) किताम बहुउद्देश्यीय सहकारी समिति लिमिटेड/ पीएससीएस, नाम्ची जिल्लालाई दोस्रो पुरस्कार प्रदान गरियो।

3) पोलोक-बोरोङ बहुउद्देश्यीय सहकारी समिति लिमिटेड/ नाम्ची जिल्लालाई तेस्रो पुरस्कार प्रदान गरियो।

विजेता समितिहरूलाई क्रमश: ₹10.00 लाख, ₹7.00 लाख र ₹5.00 लाख प्रदान गरियो। सिक्किम सहकारी क्षेत्रलाई सुदृढ बनाउनका साथै प्रोरित गर्न राज्यमा सहकारी समितिहरूलाई पहिलोपटक यसरी पुरस्कार प्रदान गरिएको पीआईबीले जानकारी दिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande