कोहिमा, 16 अगस्त (हि.स.)। नागाल्याण्डका राज्यपाल ला गणेशनको गए शुक्रवार (15 अगस्त, 2025) तमिलनाडुको चेन्नईस्थित अपोलो अस्पतालमा निधन भयो। उनको निधनले राजनीति अनि शासनमा विभिन्न जिम्मेवारीहरूले भरिएको एउटा लामो तथा समर्पित सार्वजनिक जीवनको अन्त भएको छ।
दिवंगत नेतालाई श्रद्धाञ्जली अर्पण गर्दै नागाल्याण्ड सरकारले 16 देखि आगामी 22 अगस्तसम्म सात दिवसीय राजकीय शोकको घोषणा गरेको छ। यस अवधि ती सबै प्रतिष्ठानहरूमा राष्ट्रिय झण्डा आधा झुकेको हुनेछ जहाँ यसलाई पारम्परिक रूपमा फहराइन्छ।
मुख्य सचिव सेंतियांगर इमचेनद्वारा जारी आधिकारिक अधिसूचना अनुसार शोक अवधि सबै प्रकारको आधिकारिक मनोरञ्जन तथा समारोहहरू स्थगित रहनेछन्।
राज्यपाल गणेशनको निधनबाट राज्यको राजनीतिक एवं प्रशासनिक जगतमा एउटा गहिरो शून्य सृजना भएको छ। क्षेत्रभरिका नेताहरूको तर्फबाट दिवंगत राज्यपालप्रति श्रद्धाञ्जली अर्पण गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा