उदालगुड़ी (असम), 16 अगस्त (हि.स.)। उदालगुड़ी जिल्लान्तर्गत भारत-भुटान सीमावर्ती राजगढ़ क्षेत्रमा शनिवार एक जना मानिसहरूको जंगली हात्तीको हमलामा परी मृत्यु भयो। मृतकको पहिचान भूपेन डेका (55)-को रूपमा गरिएको छ।
शनिवार बिहान 6:30 बजr चिया बगानमा चिया पत्ती टिप्न गएका भूपेनलाी अचानक जंगला हात्तीले हमला गऱ्यो जसबाट उनको घटनास्थलमै मृत्यु भयो। जंगली हात्तीहरूको उत्पातले स्थानीय मानिसहरू भयभित भएका छन्।
सूचना पाउनसाथ घटनास्थलमा पुगेको वन विभाग एवं पुलिसको टीमले शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो। अर्कोतिर वन विभागले जंगली हात्तीहरूको प्रवेशलाई रोक्नको लागि आवश्यक कदम उठाउने तयारीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा