सड़क दुर्घटनामा व्यक्तिको मृत्यु, एक जना घाइते
सड़क दुर्घटनामा व्यक्तिको मृत्यु, एक जना घाइते


नगाउँ(असम), 16 अगस्त (हि.स.)। नगाउँजिल्लान्तर्गत कठियातलीमा द्रूत गतिको बाइक र स्कुटी आपस्तमा ठोक्किएर एक जना व्यक्तिको मृत्यु भयो भने एक जना गम्भीर रूपमा घाइते भए।

नगाउँ पुलिसले शनिवार बताए अनुसार मृतकको पहिचान स्कुटी सवार अश्विनी गायनको रूपमा भएको छ। यसबीच बाइक सवारलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गरिएको छ।

घटनाको सम्बन्धमा प्राप्त जानकारी अनुसार पुलिसले दुर्घटनाग्रस्त बाइक (एएस-02एयू- 5452)र स्कूटी (एएस-02एस- 4898)-लाई आफ्नो कब्जामा लिएर थानामा लग्यो। साथै यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी शवलाई पोस्टमर्टम गर्नको लागि अस्पताल पठाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande