-65 लाख भोट बिहारभित्र काटिएपछि चुनाउ नै कहाँ रहन्छः सम्भल सांसद
मुरादाबाद, 16 अगस्त (हिं.स.)। बुलडोजर कारबाही घर, पसलमाथि मात्र नभएर हाम्रो अधिकारहरूमाथि पनि भइरहेको छ। हाम्रो अधिकारहरूलाई बुलडोजरले कुल्चिइँदैछ। व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका देशको शक्तिलाई तीन ठाउँमा विभाजन गरिएको छ, तर एउटै शक्तिले यी तीनै वटा काम गरिरहेको छ। उक्त मन्तव्य सम्भल लोकसभाबाट समाजवादी पार्टीका सांसद जियाउर्रहमान बर्कले शनिवार एक टीभी च्यानलसितको साक्षात्कारमा व्यक्त गरेका हुन्।
सपा सांसद जियाउर्रहमान बर्कले भने, हामी चाहन्छौं देशको लोकतन्त्र अनि अधिकार आ-आफ्नो स्थानमा कायम रहोस्। सजाय दिने अधिकार कसैलाई छैन चाहे पुलिस प्रशासन होस् वा सरकार। सजाय दिने काम देशको न्यायपालिकाको हो जसमाथि हामीलाई आँखा चिम्लेर भरोसा छ। हामी देशका तमाम न्यायपालिकालाई सम्मान गर्दछौं चाहे त्यो सानो होस् वा सर्वोच्च न्यायपालिका होस्, तर यदि कसैले गल्ती गरेको छ भने तपाईले यति मात्र कारबाही गर्न सक्नु हुन्छ लिखित पढ़तको, सजाय दिने काम तपाईको होइन।
सांसद बर्कले भने, यदि यो देशभित्र भोटको अधिकार नैै नभएको भए राजशाही र लोकतन्त्रमा के भिन्नता रहन्छ। हामी चाहन्छौं, जनताले चयन गरेको सरकार कायम रहोस्, यो त्यसबेला मात्र कायम रहनेछ जतिबेला सबैले आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार पाउनेछ। यदि 65 लाख भोट बिहारभित्र काटियो भने चुनाउ नै कहाँ रहन्छ र। हामी चाहन्छौं, बिहारसँगसँगै देशभरि नै लोकतन्त्र स्थापना होस्, संविधान स्थापना होस् अनि जुन अधिकार छ जनताले त्यै अधिकारलाई प्रयोग गरी सरकार चयन गर्नुपर्छ। त्यो अधिकार खोसिनु हुँदैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा