हजारीबाग, 16 अगस्त (हि.स.)। हजारीबागको खिरगाउँस्थित आरआर पेट्रोल पम्पका म्यानेजर अवधेश कुमारमाथि गए शुक्रवार राति अपराधीहरूले हमला गरी 2 लाख 80 हजार रुपियाँ लुटेर भागे। घटना नमस्कार चौक छेवैमा भएको हो। यस अवधि अपराधीहरूले अवधेश कुमारमाथि गोली पनि चलाए। यस हमलामा म्यानेजर बाइकबाट लड़े जसले गर्दा तिनको हातमा चोट लागेको छ। तिनलाई शेख भिखारी मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ।
कटकमदाग थाना क्षेत्र निवासी अवधेश कुमार ब्यांक बन्द रहेकोले दिनभरिको कलेक्शन बोकेर इमली कोठी चौकीस्थित पेट्रोल पम्प मालिकको घरमा पुऱ्याउन गइरहेका थिए। पुलिस अनुसार अपराधीहरूले पहिलाबाटै म्यानेजरको रेकी गरेका थिए। पम्पका अन्य कर्मचारीहरूले बताए, केही संदिग्ध मानिसहरू बितेका केही दिनदेखिको पम्पको वरपर घुमिरहेका थिए।
शनिवार बड़ा बजार थाना प्रभारी पंकज कुमारले बताए, मामिलाको जाँच शुरू गरिएको छ। पुलिसले घटनामा प्रयोग गरिएको वाहनलाई ट्र्याक गर्ने चेष्टा गरिरहेको छ। घटनास्थल र पेट्रोल पम्पको सीसीटीभी फुटेजको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा