हुगली, 16 अगस्त (हि.स.)। हुगली जिल्लाको रिषड़ास्थित बांगुड पार्क क्षेत्रमा एक जना मेडिकल स्टोर संचालकमाथि नाबालिकसित अश्लील व्यवहार गरेको आरोप लागेको छ।
स्थानीय सूत्रानुसार शनिवार नाबालिक मेडिकल स्टोरमा इन्जेक्शन लगाउन गएकी थिई। यसै अवधि मे़डिकल स्टोर संचालकले नाबालिकसित गलत व्यवहार गऱ्यो। नाबालिकले रूँदै घटनाबारे आमालाई बताई। त्यसपछि पीड़िताकी आमा स्थानीय मानिसहरूलाई लिएर मेडिकल स्टोरमा पुगिन् अनि आरोपीसित यस्तो निच कृत्य गर्नुको कारण सोधिन्। हेर्दा-हेर्दै घटनास्थलमा स्थानीय मानिसहरूको भीड़ एकत्र भयो।
स्थानीय पार्षद शशि सिंह झा पनि घटनास्थलमा पुगिन्। उनले यस घटनाको निन्दा गरिन्। सूचना पाएर घटनास्थलमा पुगेको रिषड़ा थानाको पुलिसले आरोपीलाई आफूसितै लिएर गयो। पुलिसले आरोपीसित जाँचबुझ गरिरहेको छ। स्थानीय मानिसहरूले आरोपीलाई कड़ाभन्दा कड़ा सजाय दिने माग गरेका छन्। स्थानीय मानिसहरू अनुसार आरोपीमाथि पहिला पनि यस्तै घृणित कार्य गरेको आरोप लागिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा