कोलकाता 16 अगस्त (हि.स.)। पूर्व मिदनापुर जिल्लाको अर्जुन नगर बम विस्फोट मामिलामा तृणमूल कंग्रेसलाई ठूलो झट्का लागेको छ। पुलिसले गए शुक्रवार राती एनआईएको सूचीमा सामेल टीएमसी नेता सुबिर माइतीलाई पक्राउ गऱ्यो।
दिसम्बर, 2022- मा पूर्व मिदनापुरको भगवानपुर विधानसभा क्षेत्रस्थित अर्जुन नगर ग्राम पञ्चायतको नदुबिला गाउँमा एक भयानक विस्फोट भएको थियो। यस घटनामा तीनजना मानिसहरूको मृत्यु भएको थियो जसमध्ये एकजना तृणमूल नेता पनि थिए। उक्त विस्फोटपछि सम्पूर्ण क्षेत्रमा भय व्याप्त भएको थियो।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै कलकत्ता हाई कोर्टले जाँचको जिम्मा राष्ट्रिय जाँच एजेन्सी (एनआईए)-लाई सुम्पिदियो। एनआईएको जाँचममा केही स्थानीय नेताहरूको नाम सामु आयो जसमा अर्जुन नगर निवासी सुबिर माइतीको नाम पनि सामेल थियो।
सूत्र अनुसार भूपति नगर थानाको पुलिसलाई गुप्त सूचना प्राप्त भएको थियो। यसैको आधारमा छापामारी गरियो जसमा बम बनाउने सामग्री भेटियो। यसै अवधि सुबिरलाई पनि पक्राउ गरियो।
अर्जुन नगर बम विस्फोट मामिला शुरूबाटै राजनीतिक विवादहरूको केन्द्रमा रहिआएको छ। विपक्षको आरोप रहेको छ, तृणमूल कंग्रेसका स्थानीय नेताहरूको निगरानीमा यी विस्फोट सामग्रीहरू तयार गरिँदैख्यो। अर्कोतिर टीएमसीले बारम्बार भन्दै आएको छ, उनीहरूलाई बदनाम गराउने षड़यन्त्र अन्तर्गत यस घटनालाई परिणाम दिइएको हो।
सुबिर माइतीको पक्राउबाट अब यस मामिलामा राजनीतिक चर्चा अझ तीव्र भएको छ। भनिन्छ, अग्रिम जाँचमा अन्य मानिसहरूको नाम पनि सामु आउनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा