ट्रक र मालवाहक वाहन आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त
ट्रक र मालवाहक वाहन आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त


कुचबिहार, 16 अगस्त (हि.स)। निर्माणाधिन फालाकाटा-सलसलाबाड़ी राजमार्गको मेजबिलमा एउटा ट्रक र मालवाहक वाहन आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो। घटनाको कारण क्षेत्रमा खैलाबैला मच्चियो।

स्थानीय सूत्र अनुसार शनिवार अपरान्ह एउटा ट्रक फालाकाटादेखि पलाशबाड़ी तर्फ गइरहेको थियो भने एउटा सानो मालवाहक वाहन पलाशबाड़ीदेखि फालाकाटातर्फ आइरहेको थियो। यसै क्रममा मेजबिल क्षेत्रमा ओभरटेक गर्दा आपस्तमा दुवै वाहन ठोक्किए। वाहनहरूको तीव्र ठक्करको आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगे।

प्रत्यक्षदर्शीहरूको भनाइ छ, सानो मावाहक वाहनको अगाड़ी अर्को एउटा वाहन पनि थियो। त्यसैलाई ओभरटेक गर्दा मालवाहक वाहनको चालकले नियन्त्रण गुमायो अनि विपरीत दिशाबाट आइरहेको ट्रकसित ठोक्कियो। मालवाहक ट्रकको अघिल्लो भाग चकनाचुर भएको छ। घटनामा दुवै वाहनका चालकहरू भाग्यले बचे। घटनापछि मालवाहक ट्रकको चालक घटनास्थलबाट भाग्यो। यसबीच सूचना पाएर सोनापुर चौकीको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले बतायो, दुर्घटनाको कारण पत्तो लगाउन जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande