गुवाहाटी, 16 अगस्त (हि.स.)। स्वतन्त्रता दिवसको दिन एक चतुर चोरले दिउँसै असमको राजधानी गुवाहाटीको साकुची माधव पथस्थित मुनमी तालुकदारको आँगनबाट एउटा स्कुटी (एएस-01ईई-0259) चोरेर भाग्यो। पीड़ित मुनमी तालुकदारले वशिष्ठ पुलिस थानामा एक सिकायत दर्ता गराए।
वशिष्ठ पुलिसले शनिवार बतायो, सिकायत दर्ता भएको 12 घण्टाभित्रमै थाना प्रभारी अधिकारी कपिल पाठकको नेृत्वमा पुलिस टीमले तत्परता देखाउँदै दक्षिण गाउँमा छापा माऱ्यो। यस अवधि पुलिसले चोरलाई पक्राउ पनि गऱ्यो जसको पहिचान रियाजुल इस्लाम उपनाम रिजुलको रूपमा गरिएको छ।
पुलिसले अझ बताए मुताविक मुनमी तालुकदारको परिसरबाट स्कुटी चोरी गरेको सम्पूर्ण दृश्य सीसीटीभी क्यामरामा कैद भएको थियो जसमा चोरले आफ्नो अनुहारमा मास्क लगाएको छ। सीसीटीभी फुटेजको आधारमा वशिष्ठ पुलिसले खोजी अभियान संचालन गऱ्यो अनि चोरलाई चोरेको स्कुटीसितै पक्राउ गऱ्यो। हाल वशिष्ठ थानामा चोरसित जाँचबुझ भइरहेको छ।
-
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा