मुम्बई, 16 अगस्त (हि.स.)। देशको आर्थिक राजधानी मुम्बईमा शनिवार बिहानैदेखि भारी वर्षाको कारण छत्रपति शिवाजी महाराज इन्टरनेशनल एयरपोर्ट (सीएसएमआई) मा उड़ान संचालन प्रभावित भएको छ। यसको मध्यनजर धेरै एयरलाइनहरू-इन्डिगो, स्पाइसजेट र अकासा एयरले यात्रीहरूलाई परामर्श जारी गरेका छन्। भारतीय मौसम विज्ञान विभागले दिनभरि अलग-अलग ठाउँमा अत्यधिक भारी वर्षा हुने चेताउनी जारी गरेको छ।
इण्डिगो एयरलाइन्सले एक्समा साझा गरिएको एडवाइजरीमा यात्रीहरूसित शहरका धेरै हिस्साहरू जलमग्न भएको कारण सड़कहरूमा अवरोध र सुस्त यातायात स्थितिलाई मध्यनजर गरेर हवाई अड्डासम्म पुग्न पहिलेदेखि योजना बनाउने र अतिरिक्त यात्रा समयलाई ध्यानमा राख्ने आग्रह गरेको छ।
एयरलाइनले भनेको छ, घरबाट निस्कन अगाड़ी कृपया हाम्रो वेबसाइट वा एपको माध्यमले आफ्नो उड़ानको स्थिति जाँच्नुहोस्। हाम्रो टीमहरूले ढिलाईलाई कम गर्न र हरेक कदममा तपाईको साथ दिन स्थितिमाथि नजर राखिरहेको छ। साथै एयरलाइनले व्यवधानमा यात्रीहरूलाई सहायताको आश्वासन पनि दिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी