य़ुवकको अपहरण गरी फिरौती माग्ने पाँच बदमाश पक्राउ
य़ुवकको अपहरण गरी फिरौती माग्ने पाँच बदमाश पक्राउ


जयपुर, 16 अगस्त (हि.स.)। श्याम नगर थाना पुलिसले कारबाही गर्दै एक युवकको अपहरण गरी उसलाई मुक्त गराउनका सट्टा फिरौती माग्ने पाँच बदमाशलाई पक्राउ गरेको छ। अपहरण भएको युवकद्वारा विरोध गर्दा बदमाशहरूले उसलाई गोली हिर्काउने धम्की दिइएको बताइएको छ। घटनाको सूचना पाएपछि पुलिसले बदमाशहरूलाई ट्रेस गऱ्यो र फेरि पाँचै बदमाशलाई पक्राउ गऱ्यो।

थानाधिकारी दलबीर सिंहले बताए, युवकको अपहरण गरी उसलाई छोड्नका लागि फिरौती माग्ने मामिलामा आरोपी कृष्ण कुमार मीणा (20), सचिन कुमार मीणा (19), अक्षय मीणा (20), विकास मीणा (26) र सियाराम मीणा (32) निवासी सिकराय जिल्ला दौसालाई पक्राउ गरिएको छ। जसले करणी विहारको धाबास निवासी 31 वर्षीय युवकको अपहरण गरेका थिए।

उनले बताए, 13 अगस्तमा परिचित कृष्ण उकहाँ आएको थियो। होटलको लेखा-पढीलाई लिएर उसलाई न्यू सांगानेर रोड लग्यो। लेखा-पढ़ीपछि कृष्णका साथी दुई कारमा आए। मारपिट गरी बलजफ्ती उसलाई कारमा हालेर लगे। विरोध गर्दा बदमाशहरूले उसलाई गोली हिर्काउने धम्की दिए औं पेरि कानोता क्षेत्र स्थित एउटा घरमा लगेर उसलाई बन्धक बनाए। मारपिट गरी बदमाशहरूले उसको आफन्तलाई फोन गरी फिरौती मगाउन धम्काए।

यसपछि पुलिसले बदमाशहरूले ट्रेस गर्दै लोकेशनमा पुगेर घरमा छापा मारे। घरमा उपस्थित पाँचै बदमाशलाई पुलिसले पक्राउ गऱ्यो र अपहरण भएको युवकलाई उनीहरूको चंगुलबाट मुक्त गरायो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande