राज्यपाल ठाकुरबाडी मन्दिरमा श्रीकृष्ण जन्माष्टमीमा सम्मिलित भए
राज्यपाल ठाकुरबाडी मन्दिरमा श्रीकृष्ण जन्माष्टमीमा सम्मिलित भए


गान्तोक, 16 अगस्त (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर आज राजधानीको ठाकुरबाडी मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्मिलित भए।

राज्यपालले सबैलाई शुभकामना प्रेषित गर्दै भने, भगवान श्रीकृष्णको जीवनले हामीलाई धर्मको मार्गमा हिड्न् प्रेरणा दिन्छ। भगवान श्रीकृष्णले दिएका शिक्षाहरूलाई हामीले आफ्नो दैनिक जीवनमा आत्मसात गर्नुपर्छ।

यस अवसरम राज्यपालका आयुक्त एवं सचिव जितेन्द्र सिंह राजे, गान्तोक नगर निगमकी उपमेयर छिरिङ पाल्देन भोटिया, ठाकुरबाडी मन्दिर समितिका सदस्यगण र श्रद्धालुहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande