गान्तोक, 16 अगस्त (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले राज्यवासीहरूलाई जन्माष्टमीको हार्दिक शुभकामना दिएका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, 'भगवान श्रीकृष्णका शिक्षाहरूले हामीलाई सद्गुण, साहस र करुणाले परिपूर्ण जीवन जिउने प्रेरणा दिॅंदछ।' राज्यपालले जन्माष्टमीको शुभ अवसरमा धर्मको पथमा आफ्नो संकल्पलाई पुन: सुदृढ़ बनाउन, समाजको कल्याणको लागि समर्पित बन्न तथा राज्यमा शान्ति र सद्भावको अझ धेरै वातावरण सुदृढ़ बनाउन आह्वान गरेका छन्।
राज्यपालले भगवान श्रीकृष्णको कृपाले हाम्रो राज्य सिक्किमको प्रत्येक घरमा खुशी, समृद्धि र ज्ञानको ज्योति बलिरहोस् भनी कामना गरेका छन्। श्री कृष्ण, जसले मुरलीको मधुर ध्वनिले ह्रदयहरूलाई स्पन्दित गर्छन्, ले हाम्रो जीवनमा प्रेम, प्रकाश र परमार्थको सञ्चार गरिरहुन् भनी प्रार्थना पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल