किश्तवाड़, 16 अगस्त (हि.स.)। मुख्यमन्त्री उमर अब्दुल्लाले शनिवार आपदा प्रभावित परिवारहरूलाई तत्काल राहत वितरण गरे। साथै किश्तवाड़मा बाद फाटेर मच्चिएको त्रासदीपछि बचाउ अभियान संचालन गर्नको लागि पर्याप्त टीमहरूलाई तैनाथ गरिएको छ।
प्रभावित परिवारहरूसित भेट गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै मुख्यमन्त्रीले भने, प्रभावित परिवारहरूको भावनालाई उनले राम्ररी बुझिरहेका छन्, त्यसैले उनी चाहन्छन् कि उनीहरूका प्रियजनहरूको जीवित वा मृत अवस्था बारे पत्तो लगाइयोस्।
उनले भने, प्रभावित परिवारहरूलाई तत्काल राहत वितरण गरिएको छ। मुख्यमन्त्री राहत कोषलाई पनि उनीहरूकै लागि प्रयोग गरिनेछ। बचाउ अभियान संचालन गर्नको लागि एनडीआरएफ, एसडीआरएफ, सेना, जम्मू-कश्मीर पुलिस औ अन्य पर्याप्त टीमहरूलाई तैनाथ गरिएको छ। उनले भने, अहिलेसम्ममा मृतकहरूको संख्या लगभग 60 पुगिसकेको छ भने 70-80 जना मानिसहरू अहिले पनि बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूको संख्या 5 सय वा 01 हजार बताएको रिपोर्ट गलत रहेको पनि उनले दाबी गरे।
उनले भने, प्रभावित परिवारहरूलाई अन्यत्र स्थानान्तरण गर्ने माग गरिएको छ, तर यो सुनिश्चित गर्नको लागि विशेषज्ञहरूको टीमसित परामर्श लिनेछन् कि उनीहरूलाई यस्तो ठाउँमा स्थानान्तरण नगरियोस् जहाँ यस्ता घटनाहरू हुने सम्भावना बढ़ी रहन्छ।
मुख्यमन्त्रीले भने, जम्मू-कश्मीर, हिमाचल प्रदेश तथा उत्तराखण्ड जस्तो हिमाली क्षेत्रहरू बादल फाट्ने घटनाहरूको लागि अतिसम्वेदनशील छन्।ी यस्तो कुनै पनि त्रासदीलाई रोक्नको लागि व्यापक व्यवस्था गर्ने उदेश्य अन्तर्गत उनले विशेषज्ञहरूको टीमबाट सल्लाह लिनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा