बोद्धगयाको परिचालन व्यवस्था अनि निरीक्षण कमिटी सम्पूर्ण रुपले बौद्धहरुको अधीनमा हुनु पर्ने मागमा शान्ति यात्रा
बोद्धगयाको परिचालन व्यवस्था अनि निरीक्षण कमिटी सम्पूर्ण रुपले बौद्धहरुको अधीनमा हुनु पर्ने मागमा शान्ति यात्रा


खरसाङ, 16 अगस्त (हि.स.)। बोद्धगयाको परिचालन व्यवस्था अनि निरीक्षण कमिटी सम्पूर्ण रुपले बौद्धहरुको अधीनमा हुनु पर्ने मागलाई थप सहयोग पुऱ्याउन अल इण्डिया बुद्धिस्ट फोरम केन्द्रिय कमिटीको अगुवाईमा आज खरसाङ महकुमा कमिटीबाट मसाल शान्ति यात्रा निकालियो। उक्त मसाल शान्ति यात्रा टुरिस्ट लञ्जबाट शुरु भएर खरसाङको वर्द्धमान रोड हुँदै खरसाङको मोटर स्ट्याण्डमा‌ आएर पथ सभामा परिणत भयो।

पथ सभालाई आकाश लामाले सम्बोधन गर्दै विश्वको कुनै पनि धार्मिक पर्यटन स्थल र धार्मिक तीर्थस्थललाई आफ्नो धर्मको मानिसहरुले सञ्चालन गर्नु पाउने, तर बोधगयामा सञ्चालन समिति बौद्ध धर्मकाहरु नभएकाले बोद्धगयामा परिचालन गर्ने र निरीक्षण कमिटी सम्पूर्ण रुपमा‌ बौद्धहरु हुनु पर्ने माग रहेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande