जन्माष्टमीमा मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल बोसले दिए शुभकामना
जन्माष्टमीमा मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल बोसले दिए शुभकामना


कोलकाता, 16 अगस्त, (हि.स.) । पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी औ राज्यपाल डाक्टर सी वी आनन्द बोसले श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रदेशवासीहरूलाई हार्दिक शुभकामना दिए। शनिवार बिहान ब्यानर्जीले सोशल मीडिया मञ्च एक्समा लेखिन्, “सबैलाई जन्माष्टमीको अन्तरंग शुभकामना।

जन्माष्टमीको अवसरमा राज्यपाल डाक्टर सी.वी. आनन्द बोसले पनि पश्चिम बंगालका सबै दाज्यु-भाइ तथा दिदी-बहिनीहरूलाई शुभकामना दिए। उनले भने, भगवान श्रीकृष्णको दिव्य प्रेम र ज्ञानले हाम्रो मार्गलाई आलोकित गरोस्। उनको दिव्य़ शिक्षाले हामीलाई धर्म, कर्म, न्याय औ समताको सही मार्गमा अग्रसर हुने साहस प्रदान गरोस्। वास्तवमा शनिवार राज्यभरि नै जन्माष्टमीको पर्व श्रद्धा अनि उल्लासको साथमा मनाइँदैछ।

श्रीकृष्ण जन्माष्टमी भगवान विष्णुको आठौं अवतार श्रीकृष्णको जन्मोत्सवको रूपमा भाद्रपद महिनको कृष्ण पक्षको अष्टमीमा मनाइन्छ। यस वर्ष अष्टमी तिथि 15 अगस्तको रातीदेखि शुरू भएर 16 अगस्तको साँजसम्म रहनेछ भने मध्यराती विशेष पूजा हुनेछ। मथुरा, वृन्दावनदेखि लिएर कोलकातासम्मका मन्दिरहरूमा विशेष सजावट गरिएको छ।

--

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande