कोलकाता, 16 अगस्त (हि.स.) । पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शनिवार स्वामी रामकृष्ण परमहंसको तिरोधान दिवसमा श्रद्धाञ्जली अर्पण दकिन्। उनले ट्वीट गरी लेखिन्, जति मत उतिपथ- सर्वधर्म समन्वयका प्रतिमूर्ति श्री श्री रामकृष्ण परमहंसदेवको तिरोधान दिवसमा विनम्र श्रद्धाञ्जली औ प्रणाम।
वास्तवमा स्वामी रामकृष्ण परमहंस (1836-1886)-लाई भारतीय सन्त परम्परामा अद्वितीय स्थान प्राप्त छ। उनी सर्वधर्म समभाव औ ईश्वरसम्म पुग्न अनेकौं मार्गहरूका समर्थक थिए। उनको यो प्रसिद्ध सन्देश- जति मत, उति पथ- ले आज पनि धर्म, जाति एवं सम्प्रदायदेखि माथि उक्लेर मानवतालाई मार्गदर्शन गर्छ।
रामकृष्ण परमहंसले आफ्नो जीवनकालमा माँ कालीको आराधना गरे अनि वेदान्त, इस्लाम, इसाई धर्म सहित अनेकौ साधना-पद्धतिहरूको स्वयं अभ्यास गरेर यो सन्देश दिए, सबै मार्ग अन्ततः एउटै सत्यसम्म पुग्छ। उनका शिष्य स्वामी विवेकानन्दले उनका आदर्शहरूलाई अगाड़ि बढ़ाएर रामकृष्ण मठ र मिशन स्थापना गरे जुन आज पनि शिक्षा, सेवा तथा आध्यात्मिक जागरणको क्षेत्रमा कार्यरत छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा