प्रय़ागराजः घरभित्र फन्दामा झुण्डेको पाइयो युवकको शव
प्रय़ागराजः घरभित्र फन्दामा झुण्डेको पाइयो युवकको शव


प्रयागराज, 16 अगस्त (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्ला स्थित एयरपोर्ट थाना क्षेत्रको गांजा गाउँमा शुक्रवार राति एक युवकको शव घरभित्र फन्दामा झुण्डे पाइयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएऱ पोस्टमार्टमको निम्ति पठायो। पुलिसको भनाई छ, प्रथम दृष्टया मामिला आत्महत्याको प्रतीत भइरहेको छ। फेरिपनि मृत्युको स्पष्ट कारण जान्न पोस्टमार्ट गराइनेछ।

पुलिस उपायुक्त नगर अभिषेक भारतीयले बताए, एयरपोर्ट थानालाई गांजा गाउँ निवासी विपिन कुमार यादव 35 वर्ष पुत्र दशरथ यादवको शव घरभित्र फन्दामा झुण्डेको पाइएको सूचना प्राप्त भयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो। मामिलाको जाँच जारी छ। जाँचमा अहिलेसम्म जुन तथ्य हात लागेको छ, त्यसको आधारमा प्रथम दृष्टया मामिला आत्महत्याको प्रतीत भइऱहेको छ। फेरिपनि मृत्युको स्पष्ट कारण जान्न पोस्टमार्टम गराइँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande