ओडिशामा बंगालका श्रमिकहरूसित दुर्व्यवहार गरेको आरोप, 'दीदी के बोलो'-मा सिकायतपछि घर फर्किए
ओडिशामा बंगालका श्रमिकहरूसित दुर्व्यवहार गरेको आरोप, 'दीदी के बोलो'-मा सिकायतपछि घर फर्किए


कुचबिहार, 16 अगस्त (हि.स)। ओडिशामा नागरिकता विवादलाई लिएर बंगालबाट आएका एक जना प्रवासी श्रमिकलाई सताएको आरोप लागेको छ। आरोप छ, उसको सबै पहिचान पत्रहरू खोसियो। अन्ततः कुचबिहार निवासी श्रमिक 'दीदी के बोलो'- मा सिकायत गरेपछि घर फर्किए। प्रवासी श्रमिकको नाम मिथुन बर्मन हो जो छोटा शालबाड़ीका निवासी हुन्। उसले छिमेकी राज्य ओडिशामा एक निजी संस्थामा काम गर्दै आइरहेको छ।

मिथुन बर्मनको आरोप छ, ओडिशा पुलिसले उसलाई बंगलादेशी भनेर बंगाली बोलेको 'अपराध'-मा थाना लग्यो। आरोप छ, उसलाई थानामा 8-9 घण्टा हिरासतमा राखियो अनि सताइयो पनि। श्रमिकको दाबी छ, पुलिसले उसको भोटर-आधार कार्ड देखाए पनि स्वीकार गरेन। गत 29 जुलाईको दिन मलाई बंगाली बोलेको कारण बंगलादेशी रहेको आरोप लगाउँदै कार्यालय आवासबाट लिएर गयो। मलाई त्यहाँ 8-9 घण्टासम्म राख्यो। मेरो बोइल फोन र सात हजार रुपियाँ खोसियो। उनीहरूले मलाई प्रताड़ित गरे। सबै पहिचान पत्रहरू देखाए पनि उनीहरूले मलाई जान दिएनन्। उनीहरूले सबै दस्तावेजलाई नक्कली बताए। उनले अझ् बताए, म समस्यामा पर्दा मैले भाजपा नेताहरूलाई फोन गरेको थिएँ। तर कसैले सहयोग गरेन। पछि मैले 'दीदी के बोलो'- मा सिकायत दर्ता गराए जसपश्चात घर फर्किन सकेँ।

कुचबिहारका एक जना तृणमूल नेताले भने, ओडिशा पुलिसले मिथुनलाई बंगाली बोलेको आरोपमा पक्राउ गरेको थियो। पुलिसले तिनका सबै दस्तावेजहरू खोसेको थियो। 'दीदी के बोलो'-मा सिकायत गरेपछि तिनी ममता ब्यानर्जीको सहयोगले घर फर्केर आएका छन्। भाजपाका मानिसहरूले भन्ने गर्दछन् कि बंगालका कुनै पनि व्यक्तिलाई बाहिर सताइनेछैन, तर मिथुन यसको जिउँदो उदाहरण हो। मिथुनले निशीथ प्रमाणिक सहित केही भाजपा नेताहरूलाई फोन गरेका थिए, तर कसैले सहयोग गरेनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande