गान्तोक, 16 अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले लिङचोम, गेजिङ निवासी अमृता राई र लुम्से, 5 माइल, तादोङ निवासी दीपराज राईसॅंग मिन्तोकगाङस्थित आफ्नो आधिकारिक आवासमा भेट गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।
उनले अमृता राई र दीपराज राई क्रमश: मेरो डान्स युनिभर्स सिजन 2 र मेरो भोइस युनिभर्स सिजन 2 को फाइनलमा पुग्न सफल बनेको जानकारी गराउॅंदै खुशी व्यक्त गरेका छन्। काठमाडौंमा हुने फिनालेको लागि उनले शुभकामना व्यक्त गर्दै उनीहरूको प्रयासमा आफ्नो समर्थन व्यक्त गरेका छन्। उनीहरूले सफलता हासिल गर्नेछन् र सिक्किमलाई गौरवान्वित तुल्याउने छन् भनी मुख्यमन्त्रीले विश्वास व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल