मुख्यमन्त्रीले रामचन्द्र भट्टराईलाई दिए श्रद्धाञ्जली
मुख्यमन्त्रीले रामचन्द्र भट्टराईलाई दिए श्रद्धाञ्जली


गान्तोक, 16 अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज बिहान गेजिङ जिल्लाको बर्मेक पुगेर एसकेएम पार्टीका वरिष्ठ एवं सम्मानित सदस्य स्वर्गीय रामचन्द्र भट्टराई (ह्यापी बडा) लाई अन्तिम सम्मान व्यक्त गरे।

मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा शोक सन्तप्त परिवार र साथीभाइप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। उनले दिवंगत आत्माको चिर शान्तिको लागि प्रार्थना गर्दै प्रियजनहरूलाई उहॉंका स्मृतिहरूबाट शक्ति र सान्तवना प्राप्त होस् भनी प्रार्थना गरेको उल्लेख गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande