आरएन टैगोर अस्पतालमा शिक्षकको मृत्युमाथि बबाल, शवलाई लुकाएको आरोप
आरएन टैगोर अस्पतालमा शिक्षकको मृत्युमाथि बबाल, शवलाई लुकाएको आरोप


कोलकाता, 16 अगस्त (हि.स.)। पश्चिम बंगाल स्कूल सेवा आयोग (एसएससी)- को नियुक्तिमाथि सर्वोच्च अदालतको फसेलापछि नोकरी गुमाएका 26 हजार शिक्षकहरूमा सामेल 35 वर्षीय एकजना शिक्षकको गए शुक्रवार राती मस्तिष्क आघात ब्रेन हेमरेजको कारणले मृत्यु भयो।

मृत शिक्षक सुबल सोरेनका सहकर्मी एवं आन्दोलनरत् शिक्षक-शिक्षिकाहरूको आरोप थियो, अस्पताल अनि पुलिसले परिवारलाई सूचित नगरी शवलाई “लुकाएर” एम्बुलेन्स मार्फत बाहिर लगिरहेको थियो। अर्कोतिर पुलिसले यस आरोपलाई पूर्ण रूपले खारेज गर्दै भन्यो, सबै कानूनी औपचारिकता पूरा गरेपछि नै शवलाई परिवारकहाँ सुम्पिइएको छ।।

कोलकाता पुलिसले आफ्नो आधिकारिक ‘एक्स’ ह्याण्डलमा बयान जारी गरी भनेको छ, सोशल मीडियामा भ्रामक खबर फैलाइरहेको छ कि शव परिवारलाई दिइएन। जबकि मृतकको परिवार अस्पतालमा उपस्थित थियो र औपचारिकता पूरा गरेपछि शव उनीहरूलाई सुम्पिइयो. झूटो अफवाह फैलाउनेहरूविरूद्ध कानूनी कारबाही गरिनेछ।

गए शुक्रवार बिहानदेखिकै नोकरीबाट वञ्चित शिक्षक-शिक्षिकाहरूको एउटा ठूलो समूह आरएन टैगोर अस्पतालको गेटमा भेला भएर बसेको थियो।यसबीचअचानकएउटाशववाहनअस्पतालदेखिबाहिरियो। पछिअर्कोशिक्षकलेबताए,सोहीवाहनमासुबलसोरेनकोशवछ।आरोप छ, पुलिसले सूचना नदिई शवलाई लगिरहेको थियो। वाहन नजिकैको ट्राफिक सिग्नलमा रोकिँदा आन्दोलनरत शिक्षकहरूले वाहन अगाड़ि तेर्सिएर विरोध व्यक्त गरे। पुलिसले पछि उनीहरूलाई हटायो।

परिवारको भनाइ छ, गत 11 अगस्तको दिन सुबल सोरेनलाई ब्रेन स्ट्रोक भएको थियो। उनलाई ईएम बाइपास नजिक एक निजी अस्पतालमा भर्ती गरिएको थियो। गए शुक्रवार रातीउनको मृत्यु भयो। पत्नीको आरोप छ, नोकरी खोसिएपछि उनी मानसिक दबावमा थिए।

स्मरण गराइन्छ, सुबल सोरेन योग्य भएर पनि वञ्चित शिक्षकहरूको आन्दोलनको प्रमुख अनुहार थिए। तिनी पश्चिम मेदिनीपुरको डेबरा ब्लकस्थित बौलासिनी हाई स्कूलमा राजनीति शास्त्रका शिक्षक थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande