-अपराध गर्नेहरूलाई माटोमा मिलाइनेछ
- चाँड़ै नै दश वटा नयाँ अस्पताल प्रदेशवासीप्रति समर्पित गरिनेछ
चण्डीगढ़, 16 अगस्त (हि.स.)। हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले भने, प्रदेशका जनतालाई सुरक्षित परिवेश दिने सरकारको प्रतिबद्धता छ। कानून व्यवस्थासित कुनै सम्झौता गरिनेछैन। यदि कसैले कानून व्यवस्थालाई बिगारे चाहे त्यो जति नै प्रतिष्ठित व्यक्ति किन नहोस्,-लाई छोड़िनेछैन। अपराधीहरूलाई माटोमा मिलाइनेछ। कानून व्यवस्थालाई सुदृढ़ राख्नको लागि आगामी दिनमा अझ् बढ़ी कठोर फसेला लिइनेछ।
मुख्यमन्त्रीले शनिवार चण्डीगढ़मा प्रेसवार्तालाई सम्बोधन गर्दै भने, नशा तस्करहरू विरूद्ध सरकारले कड़ा संज्ञान लिरहेको छ। यदि कुनै गाउँ, टोल वा शहरको वार्डमा नशा बिक्री हु्न्छ भने स्थानीय मानिसहरूले तुरून्त सरकारद्वारा बनाइएको पोर्टलमा सिकायत दिउन्, नशा तस्करहरूमाथि कड़ा कारबाही गरिनेछ। सूचना दिने मानिहरूको नाम गोप्य राखिनेछ।
नायब सिंह सैनीले भने, सरकार प्रदेशका मानिसहरूको स्वास्थ्यप्रति गम्भीर छ। उपचारको निम्ति मानिसहरूलाई निजी अस्पतालहरूमा जान नपरोस् भनेर जिल्ला स्तरमा सरकारी अस्पतालहरूलाई सबै सुविधायुक्त बनाएर विकसित गरिँदैछ। चाँड़ै नै दश वटा अस्पतालहरूको उद्घाटन गरेर जनताप्रति समर्पित गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा