गान्तोक, 16 अगस्त (हि.स.)। वरिष्ठ पत्रकार संजीव लामालाई 'टिस्टा रङ्गीत अविरल कलम पुरस्कार 2025' ले सम्मानित गरिएको छ। राजधानीको पाल्जोर स्टेडियममा देशको 79औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित राज्यस्तरीय कार्यक्रममा पत्रकार लामालाई उक्त पुरस्कारले पुरस्कृत गरियो।
कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीद्वारा पत्रकार लामालाई सम्मान पत्र र नगद 1 लाख 1 हजार रूपियॉं प्रदान गरियो।
पत्रकार लामालाई पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदानको लागि 'टिस्टा रङ्गीत अविरल कलम पुरस्कार 2025' ले सम्मानित गरिएको हो। उनी साप्ताहिक समाचार पत्र 'हिमाली सिक्किम' का सम्पादक एवं प्रकाशक हुन्।
उल्लेखनीय छ, हरेक स्वतन्त्रता दिवसमा पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान दिने पत्रकारलाई प्रतिष्ठित 'टिस्टा रङ्गीत अविरल कलम पुरस्कार' ले सम्मानित गरिन्छ। उक्त पुरस्कार प्राप्त गर्ने पहिलो पत्रकार आनन्द ओबरोय थिए भने पत्रकार चेतन गजमेरले दोस्रो पत्रकार हुन्। यो पुरस्कार वर्तमान सरकारले वर्ष 2023 देखि प्रदान गर्न शुरू गरेको हो।
हिन्दुस्थान समाचार / बिशाल