सेवक रोडको बिल्डिङमा आगलागी
सेवक रोडको बिल्डिङमा आगलागी


सिलगढ़ी, 16 अगस्त (हि.स)। शहरको सेवक रोडस्थित एक बिल्डिंगमा शनिवार आगो लाग्यो। घटनाको कारणले क्षेत्रमा कोकोहोलो मच्चियो। हतार-हतार घटनाको सूचना दमकल विभागलाई दिइयो। खबर पाउनसाथ दमलक वाहन सहित कर्मचारीहरू घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गर्न जुटे। केही समयपछि आगोलाई नियन्त्रण गरियो।यस घटनामा कुनै प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन।

सूत्र अनुसार सेवक रोडस्थित माखन भोग बिल्डिंगको किचनमा आगो लागेको थियो। यो समाचार लेखुञ्जेलसम्म आगलागीको कारण पत्तो लाग्न सकेको थिएन। तथापि घटना भएको समय धुँवाले कोकोहोलोपूर्ण वातावरण सृजना गरेको थियो। घटनाको जानकारी पाउनसाथ पानीट्याङ्की चौकीको पुलिस घटनास्थलमा पुग्यो। पछि यसको जानकारी पाएपछि दमकल विभागको एउटा इञ्जिन घटनास्थलमा पुग्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande