दक्षिण सिक्किमको माम्ले ग्राम पञ्चायत एकाइले भव्यताका साथ मनायो 79औं स्वातन्त्रता दिवस
दक्षिण सिक्किमको माम्ले ग्राम पञ्चायत एकाइले भव्यताका साथ मनायो 79औं स्वातन्त्रता दिवस


गान्तोक, 16 अगस्त (हि.स.)। दक्षिण सिक्किम नाम्ची जिल्लाअन्तर्गत ४१ माम्ले ग्राम पञ्चायत एकाईको तत्वावधानमा ७९औँ स्वतन्त्रता दिवस भव्यतापूर्वक पालन गरियो। यस कार्यक्रममा पञ्चायत सभापति कृष्ण कुमार मङ्गर मुख्य अतिथिको साथै अवकासप्राप्त सैनिकहरू अतिथिको रूपमा उपरस्थित थिए।

मुख्य अतिथिको बाहुलीबाट राष्ट्रिय झण्डा फहराइयो र राष्ट्रिय गान गाएपश्चात कार्यालय पर्यवेक्षक भिजुकला मङ्गरको स्वागत सम्भाषण राखिन्। सह-निर्देशकले भारत स्वतन्त्र भएको ७९ वर्ष पुगेको जनाउॅंदै स्वतन्त्रता दिवस मनाउनको उद्देश्यबारे प्रष्ट पार्दै गाउँहरूमा पनि स्वच्छता, अधिकार आदिमा स्वतन्त्रता आउनुपर्छ भनी जनभेलालाई अवगत गराए।

विभागको अधिसूचना अनुसार आजको दिन विशेष ग्राम सभा आयोजना गरी ग्रामीण क्षेत्रमा ग्राम ऊर्जा स्वराज, ग्रामीण क्षेत्रमा प्रधानमन्त्री ऊर्जामा नवीकरणीय प्रवर्द्धनमा आम नागरिकलाई प्रधानमन्त्री सूर्य घर मुफ्त बिजुली योजनाबारे बताउदै गाउँका कतिपय लाभार्थीहरूले लाभ उठाइसकेको पनि जानकारी गराए।

मुख्य अतिथि मङ्गरले आफ्नो वक्तव्यमा भारतले अंग्रेज शासनबाट स्वतन्त्र पाएको ७९औँ वर्ष पुगेको र स्वतन्त्र सेनानीहरूको सम्झना गर्दै उनीहरूको बलिदानले देशले आजादी पाएको बताए। उनले भने, गाउँमा विकासमूलक कार्य गरि उन्नति र प्रगतिको कार्य गर्नाले विकसित गाउँ बन्नमा हाम्रो योगदान रहनेछ।

देशभक्ति गाना साथै नृत्य प्रस्तुति कार्यक्रम रोचक बनेको थियो। गाउँका अवकासप्राप्त सैनिक खङ्क बहादुर थापा मङ्गर र साम्गेल राईलाई प्रशंसा चिन्हले सम्मान गरियो। ग्राम प्रशासनिक सहायक जीएम मङ्गरले सञ्चालन गरेको कार्यक्रमलाई जीआरएस बिना राईद्वारा धन्यवाद गरी समापन गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande