गान्तोक, 16 अगस्त (हि.स.)। 79औं स्वतन्त्रता दिवसको अवसरमा 12,600 फिटमा अवस्थित खेलमैदानमा सम्पन्न ग्राण्ड फिनालेमा थेगुको सेना एकाइले जनरल सगत सिंह मेमोरियल कप 2025 को उपाधि आफ्नो नाम गरेको छ। सेनाले प्रतिद्वन्दी दल सिक्किम येतिसलाई 3–0 ले पराजित गऱ्यो।
तीन हप्तासम्म चलेको यस टुर्नामेन्टको उद्घाटन विधायक पामिन लेप्चाले 28 जुलाईका दिन गरेकी थिइन्। यस टुर्नामेन्टमा सेना लगायत स्थानीय क्लबहरू गरेर जम्म 34 दल सहभगी बनेका थिए। कार्यक्रममा समुदायको उल्लेखनीय सहभागिता थियो, जसमा सिक्किमको संस्कृतिहरूलाई झल्काउने सांस्कृतिक कार्यक्रमहरू पनि समावेश थिए।
टुर्नामेन्टको सेमिफाइनलमा राष्ट्रिय फुटबल खेलाडी विकास जैरु उपस्थित भएर खेलाडीहरूको मनोबल बढाएका थिए। जबकि, सेनाद्वारा प्रस्तुत गरिएको कलारिपायट्टु र गतका मार्शल आर्ट प्रदर्शनले देशभक्तिको जोश थपेको थियो।
ट्रफी बाहेक यो विजय लेफ्टिनेन्ट जनरल सगत सिंहको चिरस्थायी विरासतको प्रतीक रहेको बताइएको छ। यसले भारतीय सेना र थेगुका जनताबीचको सम्बन्धलाई बलियो बनाएको छ। यहाँ, फुटबल फेरि एक पटक खेलभन्दा बढी साबित भयो, जुन साहस, समुदाय र राष्ट्रिय गौरवको सम्मान थियो।
हिन्दुस्थान समाचार / बिशाल