विश्व बन्धुत्वको सन्देश लिएर दौड़िए 3,500 धावकहरू
विश्व बन्धुत्वको सन्देश लिएर दौड़िए 3,500 धावकहरू


आबुरोड/माउण्ट आबु, 17 अगस्त (हि.स.)। सातौं दादी प्रकाशमणि आबु इन्टरनेशनल हाफ म्याराथनमा 3500 जना धावकहरूले आइतवार बिहान विश्व बन्धुत्वको सन्देश लिएर दौड़िए। धावकहरूको लागि बाटैभरि प्रत्येक चार किलोमीटरको दूरत्वमा रिफ्रेश पोइन्ट बनाएको थियो। साथै पुलिस फोर्स र सीपीआरएफका जवानहरू सुरक्षामा तैनाथ थिए। म्याराधनलाई मनमोहनी वनबाट सांसद लुंबााम चौधरी, विधायक तथा ब्रह्मकुमारीजका वरिष्ठ पदाधिकारीहरले हरियो झण्डा देखाएर प्रस्थान गराए।

म्याराथनमा प्रथम स्थान राजस्थान जोधपुरका रनर देवाराम कुमार, द्वितीय स्थानमा गुजरातका अनिल कोमिनी तथा तृतीय स्थानमा जोधपुरका मुकेश कुमार घोषित भए। फिनिशिंग पोइन्ट ओम शान्ति भवन माउण्ट आबुमा पुगेपछि सबै प्रतिभागीहरूलाई मेडल लगाएर स्वागत गरियो भने पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्न सफल प्रतिभागीहरूलाई क्रमैले 71 हजार, 61 हजार र 51 हजार रुपियाँ पुरस्कारस्वरूप प्रदान गरियो। यस अतिरिक्त सबै प्रतिभागीहरूलाई प्रशस्ति पत्र प्रदान गरी सम्मानित गरियो।

ब्रह्माकुमारीज संस्थानकी पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिको 18औं पुण्यतिथि (25 अगस्त) विश्व बन्धुत्व दिवसको उपलक्ष्यमा आयोजित उक्त म्याराथनको कारणले आइतवार बिहान साढ़े पाँच बजेदेखि साढ़े सात बजीसम्म आबुरोडदेखि माउण्ट आबुसम्म यातायात बन्द रह्यो। यस म्याराथनमा 18 वर्षका युवाहरूदेखि 72 वर्षसम्मका बुजुर्गहरूले भाग लिएका थिए। विशेष गरी भारतका सबै राज्यहरू सहित साउथ अफ्रिका, ब्रिटेन लण्दन, केनिया, दुबई, इथोपियाका रनर्सले भाग लिएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande