भाजपा-माकपालाई झट्का, सयकड़ौं कार्यकर्ता तृणमूलमा सामेल
भाजपा-माकपालाई झट्का, सयकड़ौं कार्यकर्ता तृणमूलमा सामेल


जलपाईगुड़ी, 17 अगस्त (हि.स.)। भाजपा र माकपा दुवै दललाई ठूलो झट्का लागेको छ। राजगञ्ज ब्लकको पानीकौरी ग्राम पञ्चायत अन्तर्गत देवेन्द्रपुर बूथबाट माकपा, भाजपा एवं पछिल्लो पञ्चायत चुनाउका निर्दलीय उम्मेद्वार तृणमूल कंग्रेसमा सामेल भए।

आइतवार राजगञ्ज विधायक खगेश्वर रायले पार्टीको झण्डा प्रदान गरी सबैलाई तृणमूल कंग्रेसमा सामेल गराए। यस अवधि राजगञ्ज ब्लक तृणमूल कंग्रेस अध्यक्ष अरिन्दम ब्यनर्जी, राजगञ्जकी महिला सभानेत्री सरबानी धारा सहित अन्य स्थानीय नेताहरू उपस्थित थिए।

विधायक खगेश्वर रायले भने, मुख्यमन्त्री ममता ब्यनर्जीको नेतृत्वमा विकासको धारासित जोड़िनको लागि मानिसहरू पार्टीमा सामेल भइरहेका छन्। पार्टीसित जोड़िएका मानिसहरूसित मिलेर विकास कार्य गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande