बर्दमान सड़क दुर्घटनाः मृतकहरूको शवलाई गाउँमा ल्याइयो
बर्दमान सड़क दुर्घटनाः मृतकहरूको शवलाई गाउँमा ल्याइयो


पूर्वी चम्पारण, 17 अगस्त(हि.स.)। पश्चिम बंगालको पूर्वी बर्दमान जिल्लाको नाला फेरी घाटमा भएको भयानक सड़क दुर्घटनामा मारिएका मोतीहारी जिल्लाका एघारजना तिर्थ यात्रीहरूको शवलाई गए शनिवार राति उनीहरूको गाउँमा पुऱ्याइयो।

सात वटा एम्बुलेन्समा 11 जनाको शवलाई ल्याइयो। शव आइपुग्नसाथ मृतकहरूको गाउँमा शोक व्याप्त भयो। घटना घटनको दिन मृतकहरूको गाउँमा गाउँलेहरूको चुला जलेन, सबैजना शवको प्रतीक्षामा थिए।

उल्लेखनीय छ, रक्षाबन्धनको दिन जिल्लाका 45 जनाभन्दा अधिक मानिसहरू एक बाल्वो बसमा सवार भएर देवघर गएका थिए जसमा चिरैया र लालबेगिया गाउँका 34 जना अनि मोतिहारी अरेराज र पहाड़पुरका 11 जना मानिसहरू सामेल थिए जसमा पाँचजना नानीहरू पनि सामेल थिए। यिनीहरू सबैजना देवघर तथा बासुकीनाथ दर्शन गरेपछि तारापीठ हुँदै गंगासागर गएका थिए जहाँ गंगा स्थान गरेपछि फर्किने क्रममा उनीहरूको बस बर्दमान जिल्लामा एनएच-19 मा एउटा ट्रकसित ठोक्किएर दुर्घटनाग्रस्त भयो। यस दुर्घटनामा 11 जना मानिसहरूको मृत्यु भयो भने 35 जना मानिसहरू घाइते भए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande