कोलकाता, 17 अगस्त (हि. स.)। बंगोपसागरमा फेरि एकपटक निम्न दबाव बन्ने सम्भावना छ जसले गर्दा मौसम परिवर्तनशील रहनसक्छ। मौसम विभागले उत्तर बंगालका केही जिल्लाहरूमा घना वर्षाको अलर्ट जारी गरेको छ भने दक्षिण बंगाल र कोलकातामा हल्का वर्षा अनि मेघ गर्जन हुने अनुमान व्यक्त गरेको छ।
प्राप्त जानकारी अनुसार आइतवार कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार तथा कुचबिहार जिल्लामा भारी वर्षा हुने सम्भावना छ। सोमवार माथिल्लो जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा हुनेछ। आगामी मंगलवार वर्षाको तीव्रता केही कम हुनेछ। बुधवार दार्जीलिङदेखि मालदासम्म केही जिल्लाहरूमा फेरि तीव्र वर्षाको श्रृंखला शुरू हुने आशंका छ।
भनिन्छ, दक्षिण बंगालमा अहिलेघरि घना वर्षा हुने सम्भावना छैन। आइतवार कोलकाता, हावड़ा, हुगली, उत्तर औ दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर तथा झाड़ग्रामका केही भागहरूमा तूफानी वर्षा हुनसक्छ। हावाको गति 30-40 किलोमीटर प्रतिघण्टासम्म रहनसक्छ। सोमवार वर्षाको प्रभाव लगभग रहनेछैन। मंगलवार र बुधवार दक्षिण बंगालभरि नै मेघ गर्जनसितै तूफानी वर्षा हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा