175 बिघा सरकारी भूमिलाई खाली गराउन बिश्वनाथ प्रशासनले शुरू गऱ्यो कारबाही
175 बिघा सरकारी भूमिलाई खाली गराउन बिश्वनाथ प्रशासनले शुरू गऱ्यो कारबाही


बिस्वनाथ (असम), 17 अगस्त (हि.स.)। राज्यभरि नै संचालित अतिक्रमण हटाऔं अभियानलाई केन्द्र गर्दै आज बिहान 8 बजी बिश्वनाथ जिल्लान्तर्गत ननके जापरीगोग क्षेत्रमा पनि अतिक्रमण हटाऔं अभियान आरम्भ गरियो। लगभग 175 बिघा भूमिमा यो कारबाही गरिँदैछ। अवैध रूपमा बसेका 307 परिवारका घरहरूमाथि प्रशासनको बुलडोजर चलाइँदैछ। यस अभियानलाई चार जोनमा विभाजन गरिएको छ।

बिश्वनाथ जिल्ला प्रशासनद्वारा प्राप्त जानकारी अनुसार दुईजना अतिरिक्त आयुक्त अनि छह जना दण्डाधिकारीहरूले यस अभियानमाथि निगरानी राखिरहेका छन्। 20 वटाभन्दा अधिक जेसीबी, 10 वटा ट्र्याक्टर अनि ठूलो संख्यामा पुलिस बलको आवागमनको लागि केही हल्का वाहनहरूसँगसंगै बसहरूको व्यवस्था गरिएको छ। यस अभियानको लागि हजारौंको संख्यामा अर्धसैनिक बलहरूलाई तैनाथ गरिएको छ।

प्राप्त जानकारी अनुसार प्रशासनद्वारा अवैध रूपमा सरकारी जमीनमा बस्दै आइरहेका परिवारहरूलाई पहिलाबाटै नोटिस जारी गरिएको थियो जसले गर्दा आजको कारबाही शुरू हुन अगावै धेरै परिवारहरूले यस क्षेत्रलाई छोड़ेर अन्यत्र पलायन भइसकेका छन्। त्यसैले अभियान अवधि कुनै पनि प्रकारको अशान्ति देखिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande