मुख्यमन्त्री उमर उब्दुल्लाले कठुआ बादल फाटेकोबाट पीड़ितहरूको लागि तत्काल अनुग्रह राशिको घोषणा गरे
मुख्यमन्त्री उमर उब्दुल्लाले कठुआ बादल फाटेकोबाट पीड़ितहरूको लागि तत्काल अनुग्रह राशिको घोषणा गरे


जम्मू, 17 अगस्त (हि.स.)। जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले आइतवार एसडीआरएफ सहायता बाहेक मुख्मन्त्री राहत कोषबाट मृतक परिवारहरूलाई अनुग्रह राशि दिने घोषणा गरे।

मुख्यमन्त्री कार्यालयद्वारा एक्समा साझा गरिएको एक पोस्टमा अब्दुल्लाले भनेका छन्, यस सहायताको उदेश्य तत्काल राहत प्रदान गर्नु अनि प्रभावित परिवारहरूलाई आफ्नो जीवन पुनः शुरू गर्नमा सहायता पुऱ्याउनु हो।

जम्मू-कश्मीरको कठुआ जिल्लामा आइतवार भोर बिहान बादल फाट्ने अनि पैह्रोका दुई अलग-अलग घटनाहरूमा पाँचजना बाल-बालिकाहरू सहित चार वटा परिवारका सात जना सदस्यहरूको मृत्यु भयो भने अन्य छह जना घाइते भए।

पोस्टमा लेखेका छन्, मुख्यमन्त्रीले कठुआमा हालैमा भएको बादल फाटेको घटनाबाट प्रभावित मानिसहरूको जीवन अनि सम्पत्तिप्रति गहिरो चिन्ता व्यक्त गर्दै एसडीआरएफ सहायता बाहेक मुख्यमन्त्री राहत कोषबाट अनुग्रह राशि दिने घोषणा गरेका छन्। यसमा भनिएको छ, प्रत्येक मृतकलाई 2-2 लाख रुपियाँ, गम्भीर घाइतेहरूलाई 1-1 लाख रुपियाँ अनि सामान्य घाइतेहरूलाई 50 हजार रुपियाँ दिइनेछ। यसरी नै मुख्यमन्त्रीले पूर्ण रूपमा क्षतिग्रस्त घरको लागि 1 लाख रुपियाँ, गम्भीर रूपमा क्षतिग्रस्त घरहरूको लागि 50 हजार अनि आंशिक रूपमा क्षतिग्रस्त घरहरूको लागि 25 हजार रुपियाँ स्वीकृत गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande