नदीमा डुबेर बालकको मृत्यु
नदीमा डुबेर बालकको मृत्यु


भागलपुर, 17 अगस्त (हि.स.)। जिल्लाको बाइपास थाना अन्तर्गत धौरी गाउँमा ्अवस्थित नहाड़ा नदीमा डुबेर सात वर्षीय बालक रतन राजको मृत्यु भयो। मृतक धौरी गाउँ निवासी सुजीत मण्डलको छोरा थियो।

स्थानीय मानिसहरूले बताए, बालक मानसिक रूपमा विक्षिप्त थिए जो गए शनिवार रातीदेखि नै बेपत्ता भएको थियो। परिवार अनि ग्रामीणहरूले खोजी गर्दा पनि कतै पत्तो लागेन। आइतवार बिहान नदीको किनारमा खोजी गर्दा बालकको शव भेटियो।

अनुमान गाइँदैछ, बालक नदीको किनारमा पुग्यो अनि अचानक चिप्लेर पानीमा डुब्यो जसले गर्दा उसको मृत्यु भयो। सूचना पाउनसाथ बाइपास थानाका अध्यक्ष प्रभात कुमार दल-बल सहित घटनास्थलमा पुगे अनि शवलाई पोस्टमर्टम गर्नको लागि भागलपुर पठाइदिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande