बसिरहाटमा नोकरी दिलाउने नाममा ठगी, साइबर क्राइम पुलिसले जफत गऱ्यो सात लाख रुपियाँ
बसिरहाटमा नोकरी दिलाउने नाममा ठगी, साइबर क्राइम पुलिसले जफत गऱ्यो सात लाख रुपियाँ


उत्तर 24 परगना, 17 अगस्त (हि. स.)। जिल्लाको बसिरहाटबाट ठगीको एक मामिला सामु आएको छ। बसिरहाटको नैहाटी निवासी विक्रम मजुमदार विगत लामो समयदेखिकै नोकरीको खोजीमा थिए। यसै अवधि उनले गत जनवरी महिनामा एक चर्चित समाचार पत्रमा ब्यांकको नोकरीको विज्ञापन देखे। विज्ञापनमा दिइएको नम्बरमा सम्पर्क गरेपछि उनको समस्या बढ़्यो।

भनिन्छ, समाचार पत्रमा उल्लेखित नम्बरमा सम्पर्क गर्दा ठगहरूले तिनीबाट सबैभन्दा पहिला 401 रुपियाँ नाम दर्ता गराउन र फर्म फिलप गर्ने नाममा मागे। त्यसपछि विभिन्न प्रकारका दस्तावेजहरूको माग गर्दै बारम्बार पैसा मागिरहे। यसरी नै बिस्तारै-बिस्तार बिक्रम अनि तिनको परिवारबाट 7 लाख 2 हजार रुपियाँ असुल गरे। तर धेरै धनराशि दिइसक्दा पनि कुनै नोकरी दिइएन। त्यसपछि आफूहरू ठगिएको अनुभव भएपछि विक्रमले बसिरहाट साइबर क्राइम थानामा सिकायत गर्ता गराए।

सिकायतको आधारमा पुलिसले कारबाही गर्दै छह जना आरोपीहरूलाई पक्राउ गऱ्यो। जाँचमा थाहा लाग्यो, यही गिरोहले लामो समयदेखिको नोकरी दिलाउने नाममा मानिसहरूलाई ठग्दै आइरहेको थियो। पुलिसले ठगहरूबाट विक्रम मजुमदारको परिवारले दिएको 7 लाख 2 हजार रुपियाँ जफत गऱ्यो। उक्त रकमलाई पछि पुलिसले पीड़ित परिवारलाई फर्काइदियो।

यस मामिलाले फेरि एकपटक साबित गरिदिएको छ कि नोकरीसित सम्बन्धित विज्ञापन अनि एजेन्टहरूको जालमा फस्न अगाड़ि सतर्क अनि जाँच गर्न अत्यन्त आवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande