सड़कमा उत्रेका कुकुर प्रेमीहरूको विरोध प्रदर्शन
सड़कमा उत्रेका कुकुर प्रेमीहरूको विरोध प्रदर्शन


पूर्वी सिंहभूम, 17 अगस्त (हि.स.)। सर्वोच्च न्यायालयको भर्खरैको आदेश जसमा भुस्याह कुकुरहरूलाई सड़कबाट हटाएर शेल्टर होममा राख्ने बताइएको छ, विरूद्ध आइतवार बिष्टुपुरस्थित रिगल मैदान अगाड़ी कुकुर प्रेमीहरू सड़कमा उत्रिए। आफूसित भुस्याहा कुकुरहरूलाई पनि लिएर आएका प्रदर्शनकारीहरूले हात-हातमा ब्यानर-पोस्टर लिएर नाराबाजी गरे।

कुकुर प्रेमीहरूको भनाइ थियो, शहरको गल्ली अनि टोलमा बस्ने कुकुरहरू मानवीय सुरक्षासित मात्र जोड़िएको छैन जबकि भावनात्मक रूपमा समाजको अंग पनि हो। यिनीहरूलाई विस्थापित गर्नु अमानवीय हुनेछ जसले यिनीहरूको जीवनलाई जोखिममा पार्नेछ। प्रदर्शनकारीहरूले चेताउनी दिए, यदि आदेश लागू भयो भने मनुष्य र जनावरबीच वर्षौंदेखि कायम रहेको सह-अस्तित्व खतरामा पर्नेछ। उनीहरूले स्पष्ट रूपमा भने, कुकुरहरूको विस्थापन कुनै पनि अवस्थामा समाधान होइन। यसको सट्टा प्रशासनले टीकाककरण, नसबन्दी तथा हेरचाह केन्द्रहरूको संख्या बढ़ाउनेमाथि ध्यान दिनुपर्छ।

यस अवसरमा ठूलो संख्यामा पशु अधिकार कार्यकर्ता, समाजसेवी, महिलाहरू, विद्यार्थी एवं युवाहरू सामेल भए। सबैले एक स्वरमा भने, कुकुरहरूलाई समस्या होइन “सहजीवनको अंग” ठान्नुपर्छ।कुकुर प्रेमीहरूले यो पनि स्पष्ट पारे, यदि प्रशासनले आदेश लागू गरेर बजलफ्ती कुकुरहरूलाई हटाउने चेष्टा गऱ्यो भने शान्तिपूर्ण आन्दोलन अझ तीव्र हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande