आगलागीमा गञ्जी कारखाना स्वाहा
आगलागीमा गञ्जी कारखाना स्वाहा


हुगली, 17 अगस्त (हि. स.)। हुगली जिल्लाको श्रीरामपुर थाना अन्तर्गत पियारापु रक्षेत्रमा दिल्ली रोडको किनारमा अवस्थित एउटा गञ्जी कारखानामा आइतवार बिहान अचानक आगो लाग्यो। हेर्दा-हेर्दै आगोले भयानक रूप धारण गऱ्यो। आगलागीको सूचना पाउनसाथ चार वटा दमकल घटनास्थलमा पुगेर आगोलाई निभाउन जुटे। कड़ा परिश्रमपछि आगोलाई नियन्त्रण गरियो। हाल स्थिति नियन्त्रणमा छ।

यो खबर लेखुञ्जेलसम्म आगलागीको कारण स्पष्ट हुन सकेको थिएन न त यस अग्निकाण्डमा भएको क्षय-क्षतिको सठीक मूल्याकन गर्नसकिएको थियो।

प्राप्त जानकारी अनुसार यस कारखानामा पश्चिम बंगाल सरकारको‘उत्कर्ष बंगला(पीबीएसडी)’ योजना अन्तर्गत नि:शुल्क रेडीमेड परिधान बनाउने प्रशिक्षण दिइन्थ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande