सिलगढ़ी, 17 अगस्त (हि.स.)। स्पेशल अपरेशन ग्रुप (एसओजी) औ बागडोगरा थानाको पुलिसले गाँजा तस्करीको आरोपमा पाँचजना आरोपीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा जमिनुल मियाँ, अजय बर्मन, अनिल नमो दास, विकास बर्मन र जमिनुर मियाँ सामेल छन्। सबै आरोपी कुचबिहार जिल्लाको शितलाकुची निवासी हुन्। आरोपीहरूबाट पुलिसले 54 किलोग्राम गाँजा जफ्त गरेको छ।
प्राप्त जानकारी अनुसार एसओजी र बागडोगरा थानाको पुलिसले सूचनाको आधारमा आइतवार अपरान्ह मुनि चिया बगानमा दुईवटा वाहनलाई रोकेर जाँच गऱ्यो। यस अवधि वाहनबाट प्रचुर मात्रामा गाँजा भेटियो जसको वजन 54 किलो रहेको छ जसलाई कुचबिहारदेखि बिहारसम्म तस्करी गरिँदैथ्यो। पछि पुलिसले दुवै वाहनबाट पाँचजना मानिसहरूलाई पनि पक्राउ गऱ्यो। पक्रा पर्ने आरोपीलाई सोमवार सिलगढ़ी अदालतमा पेश गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा