श्रीनगर, 17 अगस्त हि.स.। उपराज्यपाल मनोज सिन्हाले केन्द्रिय गृहमन्त्री अमित शाहसित बताचित गरी कठुआ जिल्लाको वर्षाजनित पैह्रो प्रभावित क्षेत्रहरूमा भइरहेको बचाउ अनि राहत कार्य बारे जानकारी दिए।
उपराज्यपालले यस दुःखदायी घटनामा भएको ज्यानमालको क्षतिमाथि दुःख अनि पीड़ा व्यक्त गरेका छन् साथै शोक सन्तप्त परिवारहरूप्रति आफ्नो सम्वेदना व्यक्त गरेका छन्।
उनले वरिष्ठ नागरिक औ पुलिस अधिकारीहरूलाई प्रभावित क्षेत्रहरूमा बचाउ अनि सहायता कार्यहरूको समन्वय तथा क्रियान्वयन गर्ने अनि घटनास्थलमा चिकित्सा सहायता सुनिश्चित गर्ने निर्देश दिए।
एक्सको एउटा पोस्टमा उपराज्यपालले भने, कठुआका केही क्षेत्रहरूमा वर्षाको कारणले गएको विनाशकारी पैह्रोमा भएका मृत्युहरूले गहिरो दुःख पुऱ्याएको छ। यो त्रासदी मनलाई स्तब्ध गर्ने किसिमको छ। केन्द्रिय गृहमन्त्री अमित शाहलाई सेना, एनडीआरएफ, एसडीआरएफ, पुलिस औ प्रशासनद्वारा संचालित बचाउ तथा राहत कार्यहरूको जानकारी दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा