बुला चौधरीको पदक चोरीकाण्डमा पुलिसलाई ठूलो सफलताः 295 वटा पदक जफत, एक पक्राउ
बुला चौधरीको पदक चोरीकाण्डमा पुलिसलाई ठूलो सफलताः 295 वटा पदक जफत, एक पक्राउ


हुगली, 17 अगस्त (हि. स.)। प्रख्यात पूर्व अन्तर्राष्ट्रिय तैराक बुला चौधरीको घरमा भएको पदक चोरीको मामिलामा पुलिसले ठूलो सफलता हासिल गरेको छ। चविदननगर पुलिस कमिश्नरेटले हुगली जिल्लाको रिषड़ाबाट कृष्ण चौधरी (19)-लाई पक्राउ गरेको छ। पुलिसले चोरी गरिएका 295 वटा पदक तथा धातुका वस्तुहरू जफत गरेको छ।

श्रीरामपुर डीसीपी कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा डीसीपी (श्रीरामपुर) अर्नब विश्वासले बताए, पुलिसले 295 वटा पदक जफत गरेको छ। साथै केही पितलका मूर्ति अनि धातुको पाइप पनि जफत गरेको छ। पुलिसले आरोपीसित जाँचबुझ गरी मामिलाको सतहसम्म पुग्ने चेष्टा गरिरहेको छ। तथापि राहतको कुरा के छ भने बुला चौधरीको पद्मश्री अनि अर्जुन पुरस्कार सुरक्षित छ। हाल यी पुरस्कारहरू उनीसितै छन्।

प्राप्त जानकारी अनुसार, चोरीको घटना स्वतन्त्रता दिवसभन्दा दुई दिन अगाड़ी भएको थियो, तर 15 अगस्तमा मात्र यसको जानकारी सामु आएको थियो।

पुलिसको भनाइ छ, मामिलाको जाँच अहिले जारी छ। जाँच पूरा भएपछि नै सब कुरा विस्तारपूर्वक बताइनेछ। जफत गरिएका पदकहरूलाई देखेर बुला चौधरीले खुशी व्यक्त गरे अनि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी, चन्दननगर पुलिस कमिश्नरेटलाई धन्यवाद दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande