पुलिसले तीन जनाको जीवनलाई बचायो
पुलिसले तीन जनाको जीवनलाई बचायो


हरिद्वार, 17 अगस्त (हि.स.)। पतिसित विवाद भएको कारण एक जना महिलाले आफ्ना दुईजना सन्तानहरूसितै आत्महत्या गर्ने धम्की दिन थाली। फोन आएपछि महिलाको पतिले हरिद्वार पुलिससित सम्पर्क गरेर स्थिति बारे अवगत गरायो।

घटना गए अबेर राति लगभग साढ़े बाह्र बजी भएको हो जतिबेला पुलिस कन्ट्रोल रूमलाई आफ्ना दुई जना नानीहरू सहित महिला आत्महत्या गर्नको लागि हरकी पैड़ीमा उपस्थित रहेको सूचना प्राप्त भयो। तत्काल कारबाही गर्दै नगर कोतवाली पुलिसले छह वटा टीम गठन गऱ्यो जसमा चार वटा टीमलाई ग्राउण्डमा अनि दुई वटा टीमलाई कन्ट्रोल रूममा सीसीटीभी क्यामराको अवलोकन गरेर महिला अनि नानीहरूको खोजीमा लगाइयो।

पुलिस टीमहरूले महिला र उसका नानीहरूलाई अपर रोडबाट घाटतर्फ गइरहेको देखे अनि समयमै घटनास्थलमा पुगेर तीनै जनालाई सुरक्षित बचाए। त्यसपछि महिलाको पतिलाई बोलाएर दुवै पति-पत्नीलाई चौकी हरकी पौड़ीमा काउन्सिलिंग गराइयो। सम्झाई-बुझाई गरेपछि महिला र नानीहरूलाई सुरक्षित रूपमा पतिलाई सुम्पिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande