राष्ट्रपति भवनले आरजी कर अस्पतालकी पीड़िताका माता-पिताको गुहारमा पश्चिम बंगाल मुख्य सचिवलाई लेख्यो पत्र
राष्ट्रपति भवनले आरजी कर अस्पतालकी पीड़िताका माता-पिताको गुहारमा पश्चिम बंगाल मुख्य सचिवलाई लेख्यो पत्र


कोलकाता, 17 अगस्त (हि.स.)। राष्ट्रपति भवनले आर.जी. कर अस्पतालकी दिवंगत डाक्टरका माता-पिताको सुरक्षा सम्बन्धी गुहारमाथि संज्ञान लिँदै पश्चिम बंगालका मुख्य सचिव मनोज पन्तलाई यस मामिलामा कारबाही गर्ने निर्देश दिएको छ।

डाक्टरका पिताले गत 10, 11 औ 12 अगस्तमा राष्ट्रपति द्रौपदी मुर्मूलाई तीन वटा ई-मेल पठाएर आरोप लगाएका थिए, परिवारले “कठोर यातना औ अस्तित्वको खतरा”- को सामना गरिरहेको छ। उनले आफ्नो पत्रमा लेखे, “हामीले सबै कुरा गुमाइसकेका छौं। यो तपाईको कार्यालयलाई ह्म्रो तेस्रो मेल हो- कृपया जवाफ दिनुहोस्।”

राज्य सचिवालयका एकजना वरिष्ठ अधिकारीले गए शनिवार राति बताए, राष्ट्रपति भवनका अभर सचिव गौतम कुमारले गत 14 अगस्तमा यो मेल मुख्य सचिवलाई पठाउँदै लेखे, “याचिकामाथि गरिएको कारबाहीको जानकारी सोझै याचिकाकर्तालाई उपलब्ध गराइयोस्।” साथै याचिकाकर्तालाई सल्लाह दिइएको छ कि उनले अग्रिम जानकारीको लागि सोझै मुख्य सचिवसित सम्पर्क गरून्।

डाक्टरका पिताले शनिवार राती भने, उनलाई अब आशा छ कि राष्ट्रपति भवनको हस्तक्षेपपछि मामिलामा उचित कदम उठाइनेछ। सम्भवतः अब कुरा अगाड़ी बढ़्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande