बालद फाट्नाले प्रभावि कठुवा गाउँमा बचाउ अभियान युद्धस्तरमाः जितेन्द्र सिंह
बालद फाट्नाले प्रभावि कठुवा गाउँमा बचाउ अभियान युद्धस्तरमाः जितेन्द्र सिंह


कठुआ, 17 अगस्त ( हि.स.)। केन्द्रिय मन्त्री जितेन्द्र सिंहले आइतवार भने, नागरिक प्रशासन, सेना औ अर्धसैनिक बलका जवान जम्मू-कश्मीरको कठुआ जिल्लामा बचाउ अनि राहत कार्यमा लागिपरेका छन्। यहाँ बादल फाटेर चार जना मानिसहरूको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।उनले बताए, राजबागको जोड़ घाटी गाउँमा गए शनिवार र आइतवारबीचको राति बादल फाटेर व्यापक क्षति भएको छ।

सिंहले एक्समा लेखे, जंगलोट क्षेत्रमा बादल फाटेको सूचना पाएपछि एसएसपी कठुआ शोभित सक्सेनासित बातचित गरें। चारजना मानिसहरूको मृत्यु भएको सूचना प्राप्त भएको छ। यस अतिरिक्त रेलवे ट्र्याक र राष्ट्रिय राजमार्गलाई नोक्सान पुगेको छ साथै कठुआ पुलिस स्टेशन पनि प्रभावित भएको छ। उनले भने, नागरिक प्रशासन, सेना औ अर्धसैनिक बल तुरून्त कारबाहीमा जुटेको छ अनि स्थितिमाथि लगातार नजर राखिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande