लामडिंग रेलवे जंक्शनबाट गाँजा सहित दुई तस्कर पक्राउ
लामडिंग रेलवे जंक्शनबाट गाँजा सहित दुई तस्कर पक्राउ


होजाई (असम), 17 अगस्त (हि.स.)। असमको लामडिंग रेलवे जंक्शनबाट फेरि एकपटक दुई जना तस्करहरूलाई पक्राउ गरी यिनीहरूको कब्जाबाट प्रचुर मात्रामा गाँजा जफत गरिएको छ। पक्रा पर्ने दुवै तस्कर पति-पत्नी रहेको बताइएको छ। लामडिंग रेलवे पुलिसले आइतवार बतायो, जाँच अवधि दुवै तस्करहरूलाई गाँजासितै पक्राउ गरियो।

डाउन अगरतला-सियालदह कञ्चनजङ्घा एक्सप्रेस ट्रेनको सामान्य डब्बामा रेलवे पुलिसले कारबाही गर्दै बाहिरी राज्यका दुई जना तस्करहरूलाई गाँजासितै पक्राउ गरिएको छ। यी तस्करहरूको पहिचान शुभांकर दास र उसकी पत्नी प्रतिमा दासको रूपमा भएको छ। दुवै मूल रूपमा त्रिपुराको राजधानी अगरतला निवासी रहेको बताइएको छ।

धर्मनगरदेखि ट्रेनको माध्यमबाट लामडिंगसम्म गाँजा ल्याइएको थियो। जफ्त गरिएको गाँजाको मूल्य लाखौं रुपियाँ रहेको अनुमान लगाइएको छ। रेलवे पुलिसले दुवैसित गहन जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande