पूर्वी सिंहभूम, 17 अगस्त (हि.स.)। मानगो थाना क्षेत्रमा अन्धविश्वासको नाममा महिलासित कुटपित तथा उत्पीड़नको मामिला आइतवार प्रकाशमा आएको छ। आरोप छ, गत 15 अगस्तको राति केही मानिसहरूले स्थानीय महिला सुषमा कुमारीलाई बोक्सीको आरोप लगाएर उसको घरभित्रै पसेर हमला गरे।
प्राप्त जानकारीअनुसार सन्दीप शर्मा, गुड़िया कुमारी, रिंकी कुमारी, पिंकी कुमारी, अर्चना कुमारी औसंगीता देवी नामक छह जना मानिसहरू पीड़िताको घरभित्र पसे अनि बोक्सीको आरोप लगाउन शुरू गरे। आरोपीहरूले पहिला गाली गरे अनि पछि कुट्न थाले। महिलाले गुहार माग्दा वरपरका मानिसहरूले घटनास्थलमा पुगेर स्थितिलाई सम्हाले।
घटनाको कारणले आघातित सुषमा कुमारीले तत्कालै मानगो थानामा पुगेर लिखित सिकायत दर्ता गराइन्। सिकायतपछि पुलिसले जाँच शुरू गरी आइतवार छह जना आरोपीहरू विरूद्ध प्राथमिकी दर्ता गरी कारबाही शुरू गरेको छ।
मानगो थाना प्रभारीले बताए, अन्धविश्वासको नाममा महिला उत्पीड़न एक गम्भीर अपराध हो र यसमा कुनै पनि प्रकारको लापरवाहीलाई सहन गर्नेछैन। पुलिसले सबै आरोपीहरूसित जाँचबुझ गरिरहेको छ। दोषीहरू विरूद्ध कानूनी कारबाही गरिनेछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा