फरिदाबाद, 17 अगस्त (हि.स.)। हरियाणाको फरिदाबाद जिल्ला अन्तर्गत सेक्टर-58 थाना क्षेत्रमा एकजना महिलाले मित्रताको फाइदा उठाएर बलजफ्ती शारीरिक सम्बन्ध राखेको आरोप लगाउँदै थानामा सिकायत दर्ता गराइन्। पुलिसले आरोपी बाबूलाल उपनाम मुकेशविरूद्ध मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
पुलिस अनुसार पीड़ित महिलाले बलजफ्ती शारीरिक सम्बन्ध राखेको गम्भीर आरोप लगाउँदै थानामा सिकायत दर्ता गराएकी छन्। पीड़िता मूल रूपमा गाउँ सासनी, जिल्ला अलीगढ़ (उत्तर प्रदेश) निवासी हुन् जो वर्तमानमा ओमभ्याली राजीव कलोनीमा भाड़ामा बस्दै आइरहेकी छन्। महिलाले पुलिसलाई बताइन्, तिनी विवाहिता हुन् र पतिदेखि अलग्गै बस्छन्। पछिल्लो एक-दुई महिनादेखिको उसको परिचय राजीव कलोनी निवासी बाबूलाल उपनाम मुकेशसित भएको थियो।
आरोप छ, 15 अगस्त, 2025-मा बाबूलाल उसको घरमा आयो अनि बलजफ्ती उसित शारीरिक सम्बन्ध राख्यो। महिलाले यसको विरोध गर्दा आरोपीले उसलाई मार्ने धम्की दियो। महिलाको सिकायतको आधारमा थाना सेक्टर-58 पुलिसले मामिला दर्ता गरेकोछ। पुलिसले आरोपीमाथि धारा 333, 351(2) एवं 64(1) अन्तर्गत अभियोग पञ्जीकृत गरिएको छ। हाल पुलिसले मामिलाको जाँच गरिरहेको छ साथै आरोपीलाई पनि खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा