उत्तर 24 परगना, 17 अगस्त (हि. स.)। जिल्लाको सोदपुर क्षेत्रमा एक जना युवकको संदिग्ध परिस्थितिमा मृत्यु भएको घटना प्रकाशमा आएको छ। मृत युवकको पहिचान विवेक दासको रूपमा भएको छ।
भनिन्छ, विवेकको लामो समयसम्म बाबली पाण्डे नामक युवतीसित प्रेम सम्बन्ध थियो। यी दुईबीच पछिल्लो केही समयदेखिको झगड़ा भइरहेको थियो।
सूत्र अनुसार बितेको शनिवार व्हाट्सएप सन्देशलाई लिएर दुईबीच चर्को विवाद भयो। विवाद भएको केही घण्टापछि नै विवेकले यस्तो आत्मघाती कदम उठायो। अचानक भएको यस घटनाले परिवार सहित सम्पूर्ण गाउँ स्तब्ध भएको छ।
युवकको मृत्यु भएको खबर फैलिनसाथ स्थानीय मानिसहरूले ठूलो संख्यामा बाबलीको घर सामु भेला भएर विरोध प्रदर्शन गर्न शुरू गरे।
परिवारको आरोप छ, बाबलीले विवेकलाई मानसिक रूपमा प्रताड़ित गरी अनि आत्महत्या गर्न उक्साई। त्यसैले आक्रोशित मानिसहरूले आरोपी युवतीलाई पक्राउ गर्ने माग गरे।
स्थिति अनियन्त्रित भएपछि खड़दह थानाको पुलिसले घटनास्थलमा पुगेर भीड़लाई शान्त गरायो। पुलिसले बाबली पाण्डेलाई हिरासतमा लिएर जाँचबुझ गरिरहेको छ।
अधिकारीहरूले बताए, मामिलाको गहन जाँच गरिँदैछ। पोस्टमार्टम रिपोर्ट आएपछि नै युवकको मृत्युको वास्तविक कारण पत्तो लाग्नेछ।
हाल क्षेत्रमा व्याप्त तनाउनलाई ध्यानमा राखेर अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा