भागलपुर, 17 अगस्त (हि.स.)। मताधिकार यात्रालाई लिएर जिल्ला राष्ट्रिय जनता दलको बैठक आइतवार भागलपुरको एक होटलमा आयोजना भयो। बैठकको अध्यक्षता जिल्लाध्यक्ष चन्द्रशेखर यादवले गरेका थिए।
बैठकमा मुख्य अतिथिका रूपमा भारत सरकारका पूर्व केन्द्रिय मन्त्री तथा संयोजक जयप्रकाश नारायण यादव एवं विशिष्ट अतिथि धोरैया विधायक भूदेव चौधरी, नाथनगर विधायक अशरफ सिद्दीकी, पूर्व क्याबिनेट मन्त्री डा चक्रपाणि हिमांशु, पूर्व विधायक फणिन्द्र चौधरी, पूर्व विधायक रामविलास पासवान उपस्थित थिए।
बैठकलाई सम्बोधन गर्दै पूर्व केन्द्रिय मन्त्रीले भने, मताधिकार अधिकार यात्रा ऐतिहासिक हुनेछ। लोकसभामा विरोधी दलका नेता राहुल गान्धी अनि प्रतिपक्षका नेता तेजस्वी यादवको कार्यक्रमलाई लिएर जनतामा व्यापक उत्साह देखिएको छ। कटाउ पीड़ितहरूको निम्ति अहिलेसम्म पुनर्वासको व्यवस्था गरिएको छैन।
धोरैया विधायक भूदेव चौधरीले भने, जिल्ला अनि प्रखण्डमा भ्रष्टाचार चरम सीमामा पुगेको छ। अपराधको ग्राफ बढ़ेको छ। बैठकलाई डाक्टर चक्रपाणि हिमांशु, डाक्टर सलाउद्दीन अहसन, डाक्टर तिरुपतिनाथ यादव, अरुण यादव नितेश कुमार, मोहम्मद बबलू सिद्दिक, विश्वजीत कुशवाहा, रानी देवी आदिले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा